मन्त्रिपरिषद्बाट स्वीकृतिको पर्खाइमा
काठमाडौँ। सरकारले एक रुपैयाँको नयाँ सिक्काको डिजाइन तयार पारेको छ। प्रस्तावित डिजाइनमा नेपालको चुच्चे नक्सासहित आकाश भैरवको चित्र समावेश छ।
सिक्काको नयाँ डिजाइन अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेस गरिने तयारी छ। मन्त्रिपरिषद्बाट स्वीकृति पाएपछि नयाँ सिक्का छपाइ तथा प्रचलनमा ल्याउने प्रक्रिया अघि बढ्नेछ।
यसअघि नेपाल राष्ट्र बैंकले मुस्ताङको घार गुम्बाको तस्बिर राख्ने गरी तयार पारेको एक रुपैयाँको सिक्काको डिजाइन स्वीकृतिका लागि पठाएको थियो। तर मन्त्रिपरिषद्ले उक्त प्रस्ताव फिर्ता गर्दै डिजाइन परिमार्जन गरेर ल्याउन निर्देशन दिएको थियो।
नयाँ सिक्कामा ६४ वटा थोप्ला राखिनेछ। जसलाई ६४ योगिनीको प्रतीकका रूपमा लिइएको छ।