९ श्रावण २०८३
फाइल फोटो
अ+
अ-

दाङ। ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२/०८३मा ट्राफिक नियम पालना नगर्ने १४ हजारबढी सवारी साधनलाई कारवाही गरेको छ।

एक वर्षका अवधिमा १४ हजार ५६३ वटा सवारी साधनलाई कारवाही गर्दा एक करोड ५२ लाख ६० हजार, ५०० रुपैया राजस्व संकलन गरेको कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव खड्काले जानकारी दिए।

उनका अनुसार सबैभन्दा बढी नियम पालना नगर्नेमा मोटरसाइकल चालक रहेका छन्। सो अवधीमा छ हजारभन्दा बढी मोटरसाइकल चालकलाई कारवाही गरिएको छ।

जिल्लामा वितेको आर्थिक वर्ष २०८२।०८३मा ३४७ सवारी दुर्घटना हुँदा ७२ जनाको अकाल मै ज्यान  गएको छ।

ज्यान जानेमा ५० पुरुष, १९ महिला र तीन बालबालिका रहेको ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ। ती दुर्घटनामा ६६१ सवारी साधन छन्।