काठमाडौँ
००:००:००
११ श्रावण २०८३, सोमबार

११ श्रावण २०८३
अ+
अ-

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रदेश सरकार गठनका विषयमा एमाले र नेकपाबीच भएको सहकार्यप्रति व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले पछिल्लो सत्ता समीकरण र सरकार गठन–विघटनको शैलीमाथि कटाक्ष गरेका हुन्।

बास्कोटाले एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को समीकरणले कांग्रेसका शेरबहादुर देउवालाई समेत जिताउन सक्ने अवस्था सिर्जना गरेको टिप्पणी गर्दै सत्ता निर्माण र विघटनको प्रक्रियामाथि प्रश्न उठाएका छन्। उनले केही सीमित नेता र सांसदबाहेक सत्ता समीकरणबारे अरूलाई जानकारी नै नहुने प्रवृत्ति परम्परा जस्तै बनेको उल्लेख गरेका छन्।

उनले “खोपी सत्ता किन बन्छन् र भत्कन्छन् ? ती सभाका केही सदस्य र खास नेता बाहेक अरूले सुइँको समेत नपाउने कुरा परम्परा नै बन्यो” भन्दै वर्तमान राजनीतिक अभ्यासप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

त्यसैगरी, “हाँडी बोकेर स्वर्ग कि नर्क भन्दै हिँडेजस्तै अवस्था छ” भन्दै उनले सत्ता केन्द्रित राजनीतिक गतिविधिमाथि व्यङ्ग्य गरेका छन्। बास्कोटाले साहित्यकार विजय मल्लको चर्चित कृति अन्तिम भोज स्मरण गर्दै “विजय मल्लको अन्तिम भोज नै त यो होइन होला ? अचम्म लाग्छ” भनेर टिप्पणी गरेका छन्।