काठमाडौँ
००:००:००
११ श्रावण २०८३, सोमबार

११ श्रावण २०८३
अ+
अ-

काठमाडौँ । लामो समयदेखि कार्यालयमा गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीलाई नेपाल प्रहरी प्रधान कार्यालयले ७ दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ।

प्रहरी प्रधान कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै बाटोको म्याद बाहेक ७ दिनभित्र आफू गैरहाजिर रहनुको कारण खुलाएर सम्बन्धित कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो।

कार्यालयका अनुसार खोजतलास गर्दा तथा प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम ११५ को उपनियम (२) बमोजिम सूचना टाँस गर्दा समेत ती प्रहरी कर्मचारीहरू सम्पर्कमा नआएपछि सार्वजनिक सूचना जारी गरिएको हो।

प्रहरीले तोकिएको समयभित्र सम्पर्कमा नआएमा नियमअनुसार थप कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।