काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदपूर्ति खुला प्रतिस्पर्धाबाट गर्न आवेदन माग गरेको छ।
अर्थ मन्त्रालयले नेप्सेको रिक्त रहेको सीईओ नियुक्तिका लागि सोमबार सह–सचिव महेश आचार्यको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको थियो। सोही समितिले मंगलबार सीईओ नियुक्तिका लागि सार्वजनिक विज्ञापनमार्फत आवेदन माग गरेको हो।
समितिले आजको गोरखापत्रमा सूचना जारी गरेको छ। आवेदन दिने समय १५ दिन तोकिएको छ।
नेप्सेको सीईओ चूडामणि चापागाईंले कार्यकाल सकिनुअघि गत २२ असारमा राजीनामा दिएका थिए।
१९ चैत २०८१ मा नेप्सेको सीईओमा नियुक्त भएका चापागाईंले आफ्नो कार्यकालअगावै राजीनामा दिएपछि नेप्सेमा सीईओ रिक्त हुन पुगेको हो