काठमाडौँ। लघुवित्त पीडितले काठमाडौँको माइती घरमा आमरण अनसन सुरु गरेका छन्।
गत आइतबार ‘राजधानी मार्च’ गरेर सरकारको ध्यानाकर्षण गराएका उनीहरु मंगलबार बिहानदेखि माइती घरमा आमरण अनसन बसेका हुन्।
लघुवित्तसम्बन्धी विगतका प्रतिवेदन सार्वजनिक कार्यान्वयन गर्न, लघुवित्त, बैंक तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण, चर्को तथा चक्रवर्ती ब्याज, विभिन्न शीर्षकमा असुल गरिने हर्जना र विविध शुल्क खारेज गर्न माग गरेका छन्।
साथै, जग्गा धितो लिलामी, कालोसूचीमा राख्ने कार्य तथा अन्यायपूर्ण ऋण असुलीको न्यायिक निरुपण गर्न सरकारसँग उनीहरुको माग छ।