काठमाडौँ
००:००:००
१४ असार २०८३, आईतवार

२९ फाल्गुन २०८२
अ+
अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ। ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज (शुक्रबार) बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो।

अस्पताल स्रोतका अनुसार केही समययता उनी अस्वस्थ थिए । उनको पार्थिव शरीरलाई ओलीनिवास गुन्डुमा लैजाने तयारी गरिएको छ।

आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ। मोहनप्रसादका दुई छोरा‚ तीन छोरी छन्।