काठमाडौं। आज २०८२ साल भदौ २८ गते शनिबार। आश्मिन कृष्ण पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर १३ तारिख। सोह्र श्रद्धको सप्तमी श्राद्ध। प्राथमिक उपचार दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।लागौं आजको राशिफलदेखि:
मेष: आफन्त तथा अग्रजहरुको सहयोग पाइने हुनाले राम्रा काम गर्न सकिनेछ। व्यापारबाट भनेजस्तो आम्दानी हुनेछ भने दैनिकी सहज रूपमा व्यातित हुनेछ। छोटो दुरीको यात्राको तय हुनेछ।
बृष: भौतिक सम्पत्ति तथा बिलासी बस्तुहरूको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घटना घट्न सक्छ। परिवारका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुने तथा किनमेल र मनोरञ्जनमा समय व्यातित हुनेछ।
मिथुन: पढ्ने लेख्ने काममा अरूलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ। काम गर्न रकम तथा आर्थिक स्रोतहरू जुट्ने हुनाले व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ । किनमेल, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ।
कर्कट: आफन्त तथा सन्तानबाट तपाईँको काममा विशेष सहयोग प्राप्त हुनेछ। बौद्धिकताको प्रयोग गरी नाम तथा दाम कमाउन सकिनेछ। भेटघाट, खानपान, किनमेल तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । आर्थिक क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ।
सिंह: सवारी साधन, पहिरन, खाद्यान्न तथा अन्य क्षेत्रको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ। समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाँउको भ्रमण हुनेछ। दिनदुखिको सेवामा आफूलाई समर्पित गर्न पाउँदा मन हर्षित हुनेछ।
कन्या: पारिवारिक असमझ्दारिले कामहरू गर्न केही कठिनाई हुनेछ भने दाजुभाइसँग विवाद बढ्ने योग रहेको छ । यात्रा गर्दा ध्यान दिनुहोला यात्रा कष्टप्रद पनि हुन सक्छ । तरपनि व्यापारमा लगानी बढाई मनग्गे आम्दानी गर्न सकिनेछ ।
तुला : विचारमा आउने परिवर्तनले राम्रा काम गर्न सकिनेछ। तपाईँको बोलीको सबैले कदर गर्नेछन्। व्यवसाय फस्टाएर जाने तथा आर्थिक अवस्था सुदृढ हुनेछ। आफन्त तथा कुटुम्बसँग बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ।
वृश्चिक: राजनीति तथा समाजसेवीहरूले जनताको समर्थनमा पद प्राप्त हुने योग रहेको छ। समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यतित हुने तथा रमाइलो ठाँउको भ्रमण हुनेछ। खानपान, मनोरञ्जन तथा किनमेलमा समय व्यतित हुनेछ।
धनु: विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ। समयको गति सँगै बढ्न सक्दा प्रतिस्पर्धामा अरुभन्दा अगाडी बढ्न सकिनेछ। प्रशस्त तयारी गरेर महत्त्वपूर्ण काम सुरु गर्दा राम्रो नतिजा हात लाग्नेछ। आफन्तसँगको भेटघाटले मन प्रसन्न हुनेछ।
मकर: शैक्षिक गुणस्तरमा वृद्धि गर्न सकिनेछ भने नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ। दाजुभाइ तथा आफन्तकाहरुले सहयोग गर्नेछन् भने सवारी साधन प्राप्तिको गतिलो योग रहेको छ। भविष्यका लागी काम गर्न सकिने समय रहेको छ। खानपान, मनोरञ्जन तथा घुमफिरमा समय व्यतित हुनेछ।
कुम्भ: व्यापारमा थोरै समय दिँदापनि मनग्गे आम्दानी गर्न सकिनेछ। गीत सङ्गीत तथा मोडलिङ क्षेत्रमा समय लगानी गर्ने हरुले नाम तथा दाम दुवै कमाउन सकिनेछन्। किनमेल, मनोरञ्जन तथा मिष्टान्न भोजनका साथ परिवार तथा आफन्तसँग समय व्यतित हुनेछ।
मीन: धर्म तथा अध्यात्म क्षेत्रमा रुचि बढ्नेछ भने मन्दिर तथा धार्मिक प्रतिष्ठान तिर गई टिका तथा प्रसाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने नयाँ ठाउँमा लगानी गर्ने वातावरण बन्नेछ। परिवारका साथ रमाइलो गर्दै अधिकांश समय व्यतित हुनेछ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्।