काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

३० भाद्र २०८२
अ+
अ-

दुबई। युएईमा भइरहेको एसिया कप टी-२० क्रिकेट प्रतियोगितामा भारतले बहुप्रतिक्षित प्रतिस्पर्धामा पाकिस्तानलाई ७ विकेटले पराजित गरेको छ।

टस जितेर सुरुमा ब्याटिङ गर्दै पाकिस्तानले २० ओभरमा ९ विकेटको क्षतिमा १२७ रन बनाएको थियो। जुन लक्ष्य भारतले ३ विकेटको क्षतिमा १५.५ओभरमै पूरा गर्‍यो। 

भारतका कप्तान सूर्यकुमार यादव ३७ बलमा ५ चौका र १ छक्कासहित ४७ तथा शिबम दुबे १० रनमा अविजित रहे । भारतका ओपनर अभिषेक शर्मा १३ बलमा ४ चौका र २ छक्कासहित ३१, शुभमन गिल १० र तिलक बर्मा ३१ रनमा आउट भए।

यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १२७ रनको योगफल तयार पारेको थियो । पाकिस्तानका लागि सहिबजादा फरहानले सर्वाधिक ४० रन बनाए । सहिन अफ्रिदी ३३ रनमा नटआउट रहे।  

भारतका लागि कुलदीप यादवले ३, जसप्रित बुमराह र अक्षर पटेलले २ तथा हार्दिक पाण्डेय र भरुण चक्रवर्तीले समान एक विकेट लिए।