काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

३१ भाद्र २०८२
अ+
अ-

काठमाडौं। जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका बाँकेका क्रिकेटर सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र नेपाल खेलकुद पत्रकार मञ्चद्वारा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा मंगलबारसंयुक्त आयोजित कार्यक्रममा श्रद्धाञ्जली अर्पण गरिएको हो ।

राखेपका सदस्यसचिव टंकलाल घिसिङ, खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट, खेलाडी, सञ्चारकर्मीलगायतले सुलभप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन्।

सोही अवसरमा स्व। सुलभसहित जेन– जी आन्दोलनका क्रममा शहादत प्राप्त गर्ने सम्पूर्णको सम्झनामा मौन धारण गरिएको थियो । आन्दोलनका क्रममा घाइते ललितपुर सिटी एफसीका फुटबलर पवन शाहीसहित सम्पूर्णको शीघ्र स्वास्थ लाभको कामना गरिएको थियो ।