काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्की र भारतका समकक्षी नरेन्द्र मोदीबीच आज (बिहीबार) कुराकानी हुने भएको छ।

 प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आज प्रधानमन्त्री कार्की र मोदीबीच भिडिओमा संवाद हुने भएको हो। 

यसअघि मंगलबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गरेका थिए। भेटमा राजदूत श्रीवास्तवले नेपालको उन्नति र समृद्धिका लागि भारतले सधैँ सहयोग गरिरहेको र आगामी दिनमा पनि यो जारी रहने प्रतिबद्धता जनाए।