काठमाडौँ। मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक भएको छ। पुस्तकमा शिक्षासँग सम्बन्धित अनुभव, स्मृति र सामाजिक यथार्थलाई समेटिएको छ।
‘मेरो स्कुल’ मा विभिन्न व्यक्तिका विद्यालय जीवनका अनुभव, शिक्षाको महत्त्व, शिक्षक-विद्यार्थी सम्बन्ध र समाजमा शिक्षाले पार्ने प्रभावलाई सरल र भावनात्मक शैलीमा प्रस्तुत गरिएको छ।
पत्रकारिता पृष्ठभूमिकी खड्का हाल अमेरिकामा बसोबास गर्छिन्।