काठमाडौँ। श्रीलंकामा जारी साफ यु-१७ च्याम्पियनसिपमा आज अन्तिम खेलमा नेपालले बंगलादेशसँग खेल्दै छ।
खेल नेपाली समय अनुसार बेलुकी सवा ७ बजे कोलम्बोमा हुनेछ । पहिलो खेलमा श्रीलङ्कालाई २–० ले हराएको नेपाल आज दोस्रो जितको खोजीमा हुनेछ ।
सेप्टेम्बर १५ देखि २७, २०२५ सम्म श्रीलङ्कामा आयोजना भइरहेको यस च्याम्पियनसिपमा नेपाल, बंगलादेश, श्रीलङ्का, भारत, पाकिस्तान, भुटान र माल्दिभ्स गरी ७ राष्ट्र सहभागी छन्। नेपाल समूह ‘ए’ मा श्रीलङ्का र बंगलादेशसँग रहेको छ। समूह चरणका खेलहरू सकिएपछि प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।