काठमाडौँ
००:००:००
१० असार २०८३, बुधबार

१६ जेष्ठ २०८३
नेपाली टिम। तस्बिर : एसियन क्रिकेट काउन्सिल (एसीसी)
अ+
अ-

काठमाडौँ। एसियन गेम्स महिला क्रिकेट छनोट खेलको सेमिफाइनलमा नेपाल दुई विकेटले पराजित भएको छ।

मलेसियाको बायोमास क्रिकेट ओभलमा शनिबार भएको सेमिफाइनलमा नेपाल घरेलु टोलीसँग दुई विकेटले पराजित भएको हो।

नेपालले दिएको १२७ रनको लक्ष्य मलेसियाले १८.४ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो। मलेसियाको जितमा एल्सा हन्टरले २४ बलमा १० चौका र १ छक्काको सहयोगमा सर्वाधिक ४८ रन बनाइन्।

त्यसअघि ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १२६ रन बनाएको थियो। नेपालका लागि कप्तान इन्दु बर्माले ४१ बलमा ५ चौकाको सहयोगमा ४६ रनको अविजित इनिङ्स खेलिन्। कविता कुवँर १५ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३३ रनमा पभेलियन फर्किइन्। रुवि पोद्दार १७ तथा पूजा महतो १५ रनमा आउट भइन्।

मलेसियाका लागि विनिफ्रेड दुराईसिंघमले दुई तथा माहिरा इस्माली र आइसा एलिसाले समान एक विकेट आफ्नो नाममा गरिन्। नेपाललाई हराएको मलेसियाले एसियन गेम्सका लागि छनोट भएको छ। नेपालका लागि रिया शर्माले तीन विकेट लिइन्। मनीषा उपाध्याय र रुबिना क्षेत्रीले समान दुई तथा सीता राना मगरले एक विकेट लिइन्।

सेमिफाइनलमा मलेसियासँग पराजित भएसँगै सिधै एसियन गेम्समा छनोट हुने अवसर गुमाएको छ। तेस्रो स्थानका लागि आइतबार हुने खेलमा चीनलाई पराजित गरे मात्र नेपाल एसियन गेम्सका लागि छनोट हुनेछ। अर्थात एसियाली खेलकुदमा स्थान बनाउने नेपाल तेस्रो हुनै पर्छ।