काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

४ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले जेन–जी आन्दोलनका क्रममा जलेको बालकोटस्थित घर शनिबार अवलोकन गरेकी छन्।

१२ दिनपछि बालकोट पुगेकी राधिकाले खण्डहर बनेको घर अवलोकन गरेकी हुन्। प्रेस चौतारीका पूर्व अध्यक्ष गणेश बस्नेतका अनुसार, राधिकाले घर अवलोकन गर्दा भक्कानिएकी थिइन्। बस्नेतले भने, ‘आफ्नो घर बालकोट पुगेपछि उनी निकै भक्कानिएकी थिइन्। घरभन्दा इतिहासको धरोहर जलाएर नष्ट गरियो भन्ने उनको गुनासो थियो।’

भदौ २३ गतेको जेन–जी आन्दोलनका क्रममा हिंसा फैलिँदा २४ गते प्रदर्शनकारीहरूले नेताका घर, सरकारी संरचना र व्यापारिक प्रतिष्ठानमा आगजनी गरेका थिए। तत्कालीन प्रधानमन्त्री समेत रहेका ओलीको बालकोटस्थित घर पनि त्यस क्रममा जलेको थियो।

ओली दम्पती अहिले भक्तपुरको गुण्डुमा डेरामा बस्दै आएका छन्। राधिकाले उक्त घर आफूले बनाएको दाबी गर्दै आइरहेकी छिन्।