काठमाडौँ। काठमाडौँको तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटनामा परेको छ।
आज बिहान तारकेश्वरबाट माछापोखरीतर्फ आउँदै गरेको बा ५ ख ५० नम्बरको बस माछापोखरी बाइपासको उकालो चोकमा मोटरसाइकललाई बाटो दिने क्रममा पल्टिएको प्रहरीले जनाएको छ।
घाइते यात्रुलाई उद्धार गरी नजिकका अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।