दिल्लीमा नेपाल-भारत उच्चस्तरीय भेटवार्ता, सहकार्य विस्तारमा जोड

२३ जेष्ठ २०८३
अ+
अ-

नयाँदिल्ली। भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग परराष्ट्रमन्त्री शिशिर खनालको भेटवार्ता भएको छ।

नयाँदिल्लीमा भएको भेटका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको जनाइएको छ।

भेटमा विशेषगरी कनेक्टिभिटी (आवागमन तथा पूर्वाधार विकास), ऊर्जा सहयोग र पर्यटन प्रवर्द्धनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा केन्द्रित छलफल भएको टाइम्स अफ इन्डियाले जनाएको छ।

दुवै पक्षबीच आपसी हितका परियोजनालाई तीव्रता दिने र दीर्घकालीन सहकार्यलाई मजबुत बनाउनेमा जोड दिइएको थियो।

नेपाल-भारतबीचको परम्परागत मैत्री सम्बन्धलाई थप उचाइमा पुर्‍याउने लक्ष्यसहित पछिल्लो समय उच्चस्तरीय भेटघाट भइरहेका छन्। यस भेटलाई पनि दुई देशबीच सहकार्यको नयाँ आयाम थप्ने प्रयासका रूपमा हेरिएको छ।