काठमाडौँमा ‘द रिट्ज-कार्लटन’ र ‘द वेस्टिन’ सञ्चालन हुने
काठमाडौँ। सीजी हस्पिटालिटी ग्लोबल र म्यारियट इन्टरनेसनलबीच काठमाडौँमा दुईवटा अल्ट्रा लक्जरी होटेल सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ।
सम्झौताअनुसार ‘द रिट्ज-कार्लटन काठमाडौँ’ र ‘द वेस्टिन काठमाडौँ’ नामका होटेल स्थापना गरिनेछन्।
सम्झौताअनुसार यी होटल सन् २०३१ सम्ममा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। परियोजना चौधरी ग्रुप, आईईजी ग्रुप, आईजे ग्रुप र शर्मा एन्ड कम्पनीको संयुक्त साझेदारीमा निर्माण हुने जनाइएको छ।
सम्झौताले नेपालको आतिथ्य क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। साथै उच्चस्तरीय पर्यटक आकर्षित गर्ने र रोजगारी सिर्जनामा समेत योगदान पुग्ने विश्वास गरिएको छ।
