काठमाडौँ। प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल सुरु गर्ने कार्यसूची छ । बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा स्वर्णिम वाग्लेले दिने कार्यसूची छ।
अर्थ विधेयक अवधिभित्र फिर्ता नभएको जानकारी गराउने, चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने, प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार थपबारे जानकारी गराउने सम्भावित कार्यसूची छ ।
बैठकमा अर्थमन्त्रीले विनियोजन विधेयक प्रस्तुत गर्ने, राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत गर्नेलगायत सम्भावित कार्यसूची छ ।
यद्यपि प्रधानमन्त्री बालेन शाहको सीमा सम्बन्धी अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले सदनमा लगातार अवरोध गरिरहेकोले आजको बैठक पनि कार्यसूचीमा प्रवेश गर्ने या नगर्ने निश्चित छैन ।