काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।
आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३–०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने कार्यसूची रहेको छ ।
यस्तै, छलफलका क्रममा उठेका प्रश्नमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने कार्यक्रम रहेको छ ।
बैठकमा अर्थमन्त्री वाग्लेले ‘विनियाजन विधेयक–२०८३’, ‘राष्ट्र ऋण उठाउने विधेयक– २०८३ ’ प्रस्तुत गर्नुका साथै ‘नेपाल राष्ट्र बैँक (तेस्रो संशोधन) विधेयक, २०८३’ विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तत गर्ने सम्भावित कार्यसूची रहेको छ ।