काठमाडौँ
००:००:००
२८ जेष्ठ २०८३, बिहीबार

२८ जेष्ठ २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

इस्लामावाद। उत्तरी पाकिस्तानमा पर्यटक बस दुर्घटना हुँदा दश जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएको जनाइएको छ।

बसले इस्लामाबाद–मुर्री एक्सप्रेसवेमा खाजोट क्षेत्र नजिकै मोडमा नियन्त्रण गुमाएर दुर्घटना भएको उल्लेख गदै प्रहरीले विज्ञप्ति जारी गरेको छ। दुर्घटनाको समयमा सडकको किनारामा खस्नु अघि बसमा आगलागीसमेत भएको प्रहरीले पुष्टि गरेको छ।

सबै पीडितहरू एउटै परिवारका रहेको उल्लेख गदै उनीहरु मुल्तान सहरबाट मुर्रीको यात्रामा गरिरहेका र यात्रुहरूमा अधिकाशं बालबालिका रहेको बताइएको छ।

पाकिस्तानी अधिकारीहरूले दुर्घटनाको र कारण पहिचान गर्न अनुसन्धान सुरु गरिरहेको जनाइएका छन्।