काठमाडौँ
००:००:००
२८ जेष्ठ २०८३, बिहीबार

२८ जेष्ठ २०८३
अ+
अ-

जनकपुरधाम। मधेस प्रदेश सभामा प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/०८४ को नीति कार्यक्रम सर्वसम्मतले पारित गरेको छ।  मुख्यमन्त्री कृष्ण प्रसाद यादवले नीति कार्यक्रम पारित गर्न राखेको प्रस्ताव सर्वसम्मत रुपले पारित गरेको हो।

नीति कार्यक्रममाथि पूर्वमुख्यमन्त्री लालबाबु राउतले राखेको संसोधन प्रस्ताव फिर्ता लिएका थिए। जनमत पार्टीका प्रदेश सभा सदस्य संजयकुमार यादव र शम्भु साहको संसोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो।

१५ जेठमा प्रदेश सरकारले प्रदेश सभामा २७ पृष्ठको नीति तथा कार्यक्रम ल्याएको थियो। जसमा ‘मेड इन मधेश, समृद्ध प्रदेश’, ‘किसानको शान, मधेशको मखान’, ‘कृषिको मुख्य आधार, माटोको स्वास्थ्य सुधार’, ‘आफ्नै प्रदेश, आफ्नै रोजगारी’, ‘अप्पण बच्चाके स्कुल पठाऊ, साक्षरता के दीप जलाऊ’ जस्ता कयौँ नाराहरु समावेश गरिएको थियो।