काठमाडौँ
००:००:००
२९ जेष्ठ २०८३, शुक्रबार

२९ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट लागुऔषधसहित ३३ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँबाट आठ, ललितपुरबाट छ, जुम्लाबाट चार, सुर्खेतबाट तीन, मोरङ, सिन्धुपाल्चोक, तनहुँ, रुपन्देही र बाँकेबाट दुई÷दुई तथा सिरहा र कैलालीबाट एक÷एक जना पक्राउ परेका हुन्।

प्रहरीले उनीहरुबाट लागुऔषध खैरोहेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि डाइजेपाम, फेनारगन, बुप्रेनोर्फिन, प्रोमेथाजाइन, स्पास्मो र ट्रामाडोल बरामद गरेको छ।