काठमाडौँ
००:००:००
३१ जेष्ठ २०८३, आईतवार

३१ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसले आजदेखि आर्थिक बहस सञ्चालन गर्ने भएको छ ।

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिषठानले नेपालको आर्थिक सम्भावनालाई उजागर गर्ने अभियानको सञ्चालन गर्न लागेको हो ।

अभियान अन्तर्गत हरेक महिना ‘सुवर्ण शमशेर इकोनोमिक’ श्रृङ्ला आयोजना गरिने छ । जस अन्तर्गत आज पहिलो श्रृङ्खला गर्न लागिएको हो ।

पार्टी सभापति गगनकुमार थापाको विशेष उपस्थिति रहने पहिलो श्रृङ्खलामा बजेटले लिएको दिशा र आम अपेक्षाकाबारे छलफल हुने जनाइएको छ ।