काठमाडौँ
००:००:००
३१ जेष्ठ २०८३, आईतवार

३१ जेष्ठ २०८३
अ+
अ-

विराटनगर। नेपाली कांग्रेसको संस्थापन इतर समूहको प्रदेशिक भेला विराटनगरमा सुरु भएको छ।

पार्टीभित्र देखिएका साङ्गठनिक कमजोरी सुधार गर्न नेतृत्वमाथि दबाब सिर्जना गर्ने उद्देश्यसहित आइतबार  इतर समूहले भेला आयोजना गरेको जनाएको छ। आगामी राजनीतिक रणनीति, पार्टीको आन्तरिक अवस्था र संगठन सुदृढीकरणका विषयमा छलफल केन्द्रित हुने बताइएको छ।

भेलामा नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, नेताहरू डा. शेखर कोइराला, डा. मिनेन्द्र रिजाल, मीन विश्वकर्मा, मोहन बस्नेत, एनपी साउद, बलबहादुर केसीलगायत सहभागी छन्।

आयोजकका अनुसार भेलामा कोशी प्रदेशका १४ वटै जिल्लाबाट आएका अगुवा कार्यकर्ता तथा नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको छ।

इतर समूहका नेताहरूको एकै स्थानमा उपस्थितिलाई पार्टीभित्रको शक्ति सन्तुलन र आगामी महाधिवेशनको तयारीसँग जोडेर हेरिएको छ

पार्टी नेतृत्वको कार्यशैली, संगठन विस्तार र आगामी रणनीतिबारे साझा धारणा बनाउन भेला महत्त्वपूर्ण हुने इतर समूहका नेताहरूको भनाइ छ।