काठमाडौँ। नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ४५ अर्ब रुपैयाँ निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्कासनको आह्वान गरेको छ।
विभागले सार्वजनिक सूचना जारी गरेर आजै दिउँसो ३ बजेदेखि अनलाइन बिडिङमार्फत बोलकबोलमा सहभागी हुन सक्ने उल्लेख गरेको छ। राष्ट्र बैंकले बोलकबोलको ब्याजदर भने सोही माध्यमबाट हुने जनाएको छ।
निक्षेप संकलनको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्रै सहभागी हुन सक्छन्।