काठमाडौँ। हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।
आइतबार दिउँसो २ बजेर ३२ मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।
केन्द्रका अनुसार अहिलेसम्म भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन। सामान्य कम्पन महसुस भए पनि विस्तृत विवरण आउन बाँकी छ।
नेपाल भूकम्पीय दृष्टिले सक्रिय क्षेत्रमा पर्ने भएकाले मध्यम खालका भूकम्पहरू पटक-पटक जाने गरेको छ।