चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चितवनमा सुरु भएको छ।
चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा आयोजित विशेष समारोहमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरे।
महाधिवेशनको उद्घाटन सत्रमा कांग्रेस सभापति गगनकुमार थापा, नेकपा एमाले नेता प्रदीप ज्ञवाली, नेकपाका नेता वर्षमान पुन, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत अन्य दलका नेताहरू सहभागी छन्।
महाधिवेशनअन्तर्गत बन्द सत्रमा राजनीतिक, आर्थिक, सांगठनिक विधानसहितका प्रतिवेदन प्रस्तुत हुने रास्वपाले जनाएको छ।
महाधिवेशनमा चार हजार २११ प्रतिनिधि सहभागी छन्। रास्वपाले सात प्रदेश, प्रवास, समायोजन र मनोनयनबाट प्रतिनिधि चयन गरेको हो।
प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्व चयनका लागि रास्वपाले चुनावको कार्यतालिकासमेत सार्वजनिक गरिसकेको छ।

हेर्नुहोस् लाइभ :