काठमाडौँ
००:००:००
९ असार २०८३, मंगलवार

९ असार २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

भक्तपुर। भक्तपुरमा २८ वर्षीय एक युवकको छुरा प्रहार गरी हत्या भएको छ। महोत्तरी मिथिला नगरपालिका-९ घर भई भक्तपुर नगरपालिका-१ नगरकोटमोड बस्दै आएका २८ वर्षीय आकाश रसाइलीको सोमबार राति छुरा प्रहार गरी हत्या गरिएको हो।

राति १० बजे छुरा प्रहारबाट गम्भीर घाइते भएका उनको मंगलबार बिहान उपचारको क्रममा काठमाडौँ मेडिकल कलेज दुवाकोटमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले बताए।

छुरा प्रहारमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ परेको छ। पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका-१३ घर भई सल्लाघारी बस्ने ३१ वर्षीय आयुष कार्की, झापा दमक नगरपालिका-३ घर भई सल्लाघारी बस्ने २७ वर्षीय दोर्जे शेर्पा र गुल्मी रुरुक्षेत्र गाउँपालिका घर भई सल्लाघारी बस्ने ३५ वर्षीय रमेश कुँवर छन्।