काठमाडौँ
००:००:००
१० असार २०८३, बुधबार

१० असार २०८३
अ+
अ-

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवं प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार असिम साहले पार्टीमा कुनै गुटउपगुट नभएको बताएका छन्। रास्वपाको महाधिवेशनस्थलमा पत्रकारसँग उनले पार्टीमा कुनै गुट-उपगुट नभएको दाबी गरे।

उनले भने, “सभापति रवि लामिछानेको प्रस्तावक नै वरिष्ठ नेता वालेन्द्र शाह बसेपछि गुटको चर्चा अन्त्य भएको छ।” उनले सभापतिको प्रस्तावक स्वयं प्रधानमन्त्री भएपछि यो गुट, उपगुट भन्ने कुरा यही सकिएको बताए। उनले थपे, “पार्टीमा कुनै गुट छैन, कुनै समूह छैन।”

संविधान संशोधन कार्यदलको संयोजक रहेका साहले संविधान संशोधन राष्ट्रिय सहमतिअनुसारै हुने बताए। उनले भने, “दलको आ-आफ्नो धारणा हुन्छ। बहसपत्र तयार गरिसकेपछि हामी त्यसमा अगाडि बढ्छौँ। सय दिनभित्रमा हामीले संविधान संशोधन बहस पत्र तयार गर्छौं।”