काठमाडौँ
००:००:००
१२ असार २०८३, शुक्रबार

१२ असार २०८३
तस्बिर : सरोकार
अ+
अ-

काठमाडौँ। सुकुम्बासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौँमा प्रदर्शन गरिएको छ।

सुकुम्बासीहरूको व्यवस्थापन नगरी होल्डिङ सेन्टर छाड्न उर्दी जारी गरेको भन्दै सुकुम्बासी केन्द्रीय संयुक्त संघर्ष समितिले काठमाडौँको माइतीघरमा शुक्रबार प्रदर्शन गरेको हो।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार सूचना जारी गर्दै १९ असारसम्म होल्डिङ सेन्टर छाड्न समय थप गरेको छ। गत वैशाखमा उपत्यकाभित्रका नदीकिनारका सुकुम्बासी बस्ती हटाएसँगै उनीहरूलाई होल्डिङ सेन्टरमा राखिएको थियो।

सुकुम्बासीलाई तत्कालका लागि घर भाडा उपलब्ध गराइने भन्दै होल्डिङ सेन्टर खाली गर्न सूचना जारी भएपछि होल्डिङ सेन्टरमा बस्दै आएकाहरूले विरोध जनाएका हुन्। उनीहरूले सुकुम्बासीमाथि भएको राज्य आतंक बन्द गर, भत्काइएका सुकुम्बासीको घरटहराको क्षतिपूर्ति दे, सुकुम्बासीको पहिचान गरी पुन:स्थापना गरलगायत प्लेकार्ड प्रदर्शन गरेका थिए।

वैकल्पिक व्यवस्था नदिई सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट पनि हटाएर अलपत्र पार्न खोजिएको भन्दै आन्दोलन गर्नुपरेको संघर्ष समितिले जनाएको छ।

उनीहरूले सरकारले आफूहरूको उचित व्यवस्थापन नगरे पुनः पुरानै ठाँउमा गएर बस्ने चेतावनीसमेत दिएका छन्।