काठमाडौँ
००:००:००
१५ असार २०८३, सोमबार

१५ असार २०८३
अर्थमन्त्री स्वर्णिम वाग्ले। तस्बिर : सरोकार
अ+
अ-

काठमाडौँ। अर्थमन्त्री स्वर्णिम वाग्लेले पछिल्लो १२ वर्षमा सबभन्दा अनुशासित बजेट ल्याएको बताएका छन्।

राष्ट्रिय सभा बैठकमा सोमबार विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले अहिलेको घोषित बजेटको आकार प्रक्षेपित अर्थतन्त्रको आकारको अनुपातमा २८.५ प्रतिशत मात्रै भएको बताए। जुन पछिल्लो १२ वर्षमा भन्दा सानो बजेट भएको उनले दाबी गरे।

उनले बजेट कार्यान्वयनका विषयमा आशंका नगर्न आग्रहसमेत गरे। अर्थमन्त्री वाग्लेले बजेटका लागि विभिन्न मन्त्रालयमा फाइल घुमाउनुपर्ने अवस्थाको अन्त्य गर्दै रकमान्तरदेखि धेरै कुरामा अर्थ मन्त्रालयको तजबिजी अधिकार सम्बन्धित मन्त्रालयलाई नै दिइएको स्पष्ट पारे।

त्यस्तै उनले बजेटमा आमनागरिकको हितका लागि शिक्षा, स्वास्थ्य र विद्युत्‌मा केही मात्रामा कर लगाइएको स्पष्ट पारे। सरकारले महत्त्वाकांक्षी आर्थिक विकासको लक्ष्यअनुसार बजेट ल्याएको उनको भनाइ छ।

बैठकले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ। राष्ट्रिय सभाको अर्को बैठक १७ असारमा बोलाइएको छ।