काठमाडौँ
००:००:००
१८ असार २०८३, बिहीबार

१८ असार २०८३
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल।
अ+
अ-

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एन्फामाथि वर्तमान सरकारले कुनै हस्तक्षेप नगरेको दाबी गरेका छन्।

सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सुनाउने क्रममा बिहीबार सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले एन्फाभित्र व्यापक भ्रष्टाचार र अनियमितताका उजुरी परेकाले छानबिन सुरु गरेको तर सरकारले कुनै हस्तक्षेप नगरेको बताए।

फिफाले एन्फालाई निलम्बन गरेको विषयमा मन्त्री पोखरेलले विगतमा एन्फामा सरकारी हस्तक्षेप हुँदै आएको भन्दै केवल वर्तमान सरकारको हस्तक्षेपको कारण नभएको उल्लेख गरे।

उनले राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्षको अध्यक्षता गठित छानबिन समितिको प्रतिवेदन प्राप्त हुनेबित्तिकै आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइने जानकारी दिए। फिफा तथा एएफसीका पदाधिकारीहरूलाई पनि वार्ताका लागि आमन्त्रण गरिसकिएको उनले बताए।

मन्त्री पोखरेलले अब बन्ने एन्फामा राजनीतिक नियुक्ति पूर्ण रूपमा बन्द गरिने र यसलाई भ्रष्टाचारको अखडा हुन नदिने स्पष्ट पारे। आगामी दिनमा एन्फाको नेतृत्वमा नेपाली फुटबलमा योगदान पुर्‍याएका पूर्वखेलाडी, खेल बुझेका व्यक्ति र वास्तविक फुटबलप्रेमीहरूलाई मात्र समावेश गराइने उनको भनाइ छ।

फिफा हेर्न एन्फा पदाधिकारीलाई सरकारले रोकेको आरोपमा मन्त्री पोखरेलले घरेलु फुटबलको विकास गर्नुभन्दा पनि विश्वकप हेर्न जान पाउनुलाई मात्र ठुलो ठान्न नहुने बताए।

गोरखापत्रमा रावल र सुरक्षण मुद्रण केन्द्रमा ढुंगाना नियुक्त