काठमाडौँ
००:००:००
१९ असार २०८३, शुक्रबार

१९ असार २०८३
पूर्णबहादुर खड्का। तस्बिर : विक्रम राई/नेपालन्युज
अ+
अ-

काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समूहको बैठक बोलाएका छन्।

खड्का निवास गोल्फुटारमा दिउँसो २ बजेबाट बैठक सुरू हुनेछ।

बैठकमा पूर्वपदाधिकारी तथा देउवा पक्षीय नेताहरू सहभागी हुने जनाइएको छ।

छलफलमा १४ओँ महाधिवेशनबाट निर्वाचित इतर समूहका पदाधिकारीसहित शीर्ष नेता सहभागी हुनेछन्। बैठकले काठमाडौंमा राष्ट्रिय भेलाको निर्णय गर्ने जनाइएको छ। खड्काले हालैमात्रै संस्थापन पक्षलाई ७ बुँदे जवाफ फर्काएका थिए। त्यसबारेमा पनि छलफल हुने जनाइएको छ।

यसअघि सातै प्रदेशमा भेला सकेको देउवा समूहले ती भेलाको समीक्षा गर्ने समीक्षा गर्ने, विषेश महाधिवेशनपछि पार्टीभित्र देखिएको विवाद समाधानमा संस्थापनले तदारुकता नदेखाएपछि कसरी अगाडि बढ्ने भन्ने रणनीति तय गर्न बैठक आह्वान भएको नेता डा. प्रकाशशरण महतले बताए।