काठमाडौँ
००:००:००
२१ असार २०८३, आईतवार

२१ असार २०८३
अ+
अ-

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्डको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। आयोजनाले उक्त खण्डमा गरिएको कंक्रिट ढलान कम्तीमा ३० वर्षसम्म टिक्ने दाबी गरेको छ।

सडक विभागअन्तर्गत आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चुडाराज ढकालका अनुसार दाउन्नेको भौगोलिक बनावट, पहिरोको जोखिम र बढ्दो सवारी चापलाई ध्यानमा राख्दै कालोपत्रेको सट्टा कंक्रिट ढलान प्रविधि अपनाइएको हो। उनका अनुसार निर्माण तोकिएको डिजाइनअनुसार गरिएको छ र भार नियन्त्रणलगायतका मापदण्ड प्रभावकारी रूपमा कार्यान्वयन भए ढलानको आयु ४० वर्षसम्म पुग्न सक्छ।

ढकालले सडकको भारवहन क्षमता एकल चक्कामा १० टनसम्म निर्धारण गरिएको जानकारी दिए। आगामी २० देखि ३० वर्षसम्मको सवारी चापलाई आधार मानेर सडक डिजाइन गरिएको र दैनिक १२ हजारदेखि २० हजारसम्म सवारीसाधन सञ्चालन हुँदा पनि संरचनामा असर नपर्ने गरी निर्माण गरिएको उनले बताए।

हाल दाउन्ने मन्दिरमुनिको पहिरो प्रभावित क्षेत्रमा करिब ५० मिटर एकतर्फी कंक्रिट ढलान गर्न बाँकी रहेको छ।