काठमाडौँ
००:००:००
२२ असार २०८३, सोमबार

२२ असार २०८३
Mexico's forward #09 Raul Jimenez AND England's midfielder #08 Elliot Anderson fight for the ball PAST Mexico's forward #16 Julian Quinones during the 2026 World Cup round of 16 football match between Mexico and England at the Mexico City Stadium in Mexico City on July 5, 2026. (Photo by Yuri CORTEZ / AFP)
अ+
अ-

काठमाडौं । फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा मेक्सिकोलाई पराजित गर्दै इंग्ल्यान्ड अन्तिम ८ मा प्रवेश गरेको छ।

मेक्सिकोको घरेलु मेदान अज्टेका स्टेडियममा भएको खेलमा इंग्ल्यान्डले ३-२ गोल अन्तरले सहआयोजक मेक्सिकोलाई पराजित गरेको हो।

अन्तिम १६ (क्वार्टरफाइनल)को खेलमा मेक्सिकोविरुद्ध इंग्ल्यान्डले पहिलो हाफमा २-१ को अग्रता बनाएको थियो। दोस्रो हाफमा इंग्ल्यान्ड र मेक्सिकोले थप १-१ गोल गरे।

मेक्सिकोका राहुल जिमिनेजले खेलका ६९औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेललाई ३-२ को अन्तरमा ल्याएका थिए।

रातो कार्ड खाँदै ५४औँ मिनेटमा जारेल क्वान्साह बाहिरिएपछि हाल इंग्ल्यान्ड १० खेलाडीमा सिमित थियो। १० खेलाडीले उत्कृष्ण खेल्दै इंग्ल्यान्डलाई जित दिलाएका हुन्।

खेलमा कप्तान ह्यारी केनले ६०औँ मिनेटमा पेनाल्टीमा गोल गरेपछि इंग्ल्यान्डले ३-१ को अग्रता बनाएको थियो। उनको त्यही गोल नै जितका लागि निर्णायक बन्यो।

पहिलो हाफमा इंग्ल्यान्डका जुड बेलिङहमले दुई गरेका थिए भने मेक्सिकोका जुलियन क्विनोनेसले एक गोल फर्काएका थिए।

खराब मौसमका कारण मेक्सिको र इंग्ल्यान्डबीचको खेल एक घण्टा ढिला सुरु भएको थियो।