काठमाडौँ
००:००:००
२२ असार २०८३, सोमबार

२२ असार २०८३
सरिना घले।
अ+
अ-

काठमाडौँ। नेपाली उमा कुङफु खेलाडी सरिना घलेले डब्ल्यूएमएसी ब्रिटिस च्याम्पियनसिपमा स्वर्ण जितेकी छन्।

उनले महिला क्रिएटिभ फमअन्तर्गत १८ वर्षमाथि मिक्स बेल्टमा स्वर्ण जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष सन्जितकुमार राईले जनाए। यूकेको वोर्चेस्टरमा भएको स्पर्धामा सरिनाले २२.९ अंक जोडिन्। उनकी निकटतम प्रतिस्पर्धी इंल्यान्डकी अमेलिया पार्किनले २२.८ स्कोर गरिन्।

करिब दुई वर्षअघि अध्ययनको सिलसिलामा यूके गएकी सरिनाले त्यहाँ अध्ययनसँगै खेललाई निरन्तरता दिइरहेकी छन्। सरिनाले मास्टर्स अफ साइन्स इन डिजिटल मार्केटिङ पूरा गरिसकेकी छन्। सरिनाले लन्डन म्याराथनसहित विभिन्न दौडमा पनि सहभागिता जनाएको अध्यक्ष राईले जानकारी दिए।

अस्ट्रियामा सेप्टेम्बरमा हुने डब्ल्यूएमएसी वर्ल्ड च्याम्पियनसिप २०२६ मा सहभागिताका लागि उनले तयारी गरिरहेको पनि अध्यक्ष राईले बताए।