काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले सभाको आकस्मिक र शून्य समयमा सांसदद्वारा उठाइएका विषयमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अर्यालले भने, “देशका विभिन्न भागमा बाढी, पहिरो तथा डुबानका कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरण तथा विपद् व्यवस्थापन र पूर्वतयारीमा भए/गरेका कामकारबाहीका सम्बन्धमासमेत जानकारी गराउन सरकालाई निर्देशन गर्दछु।”