काठमाडौँ
००:००:००
२२ असार २०८३, सोमबार

२२ असार २०८३
सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना।
अ+
अ-

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जनताको करबाट संकलित रकमको एक रुपैयाँ पनि दुरुपयोग नहुने दाबी गरेका छन्।

राष्ट्रिय सभा बैठकमा सोमबार आफ्नो मन्त्रालयमाथिको विनियोजित बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। उनले विनियोजित बजेट तोकिएको उद्देश्य र मापदण्डअनुसार मात्र खर्च हुुने र मितव्ययिता, पारदर्शिता, उत्तरदायित्व र सुशासन सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको दाबी गरे।

सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर, व्यावसायिक तथा प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने नीति लिएको उहाले बताए। उनले चालु आवमा केन्द्रले हालसम्म २४ लाख स्मार्ट सवारी चालक अनुमतिपत्र र ३५ लाख हुलाक टिकट उत्पादन गरी सम्बन्धित निकायलाई उपलब्ध गराइसकेको जानकारी दिए।

उनले सञ्चार क्षेत्रको प्राविधिक पूर्वाधार सुदृढीकरण गर्नुपर्ने विषयलाई मन्त्रालयले प्राथमिकतामा राखेको धारणा राखे। सञ्चार पूर्वाधारमा गरिने लगानीले दीर्घकालमा राजस्व अभिवृद्धि, प्राविधिक क्षमता विस्तार तथा राष्ट्रिय सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्‍याउने सञ्चारमन्त्री तिमिल्सिनाको भनाइ छ।