८ आश्विन २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

एजेन्सी। दक्षिण कोरियामा युनिफिकेसन चर्चकी प्रमुख ८२ वर्षिया याक जा हान घुस खुवाएको अभियोगमा पक्राउ परेकी छिन् ।

याक चर्च संस्थापक सुन म्युङ मुनकी पत्नि हुन । सुनको निधन भएपछि याक प्रमुख भएकी हुन् । याकले दक्षिण कोरियाका पूर्व प्रथम महिला किम केओन हीलाई स्यानलको हाते ब्याग र हिराको हारसहितको करिव ८ करोड वानको बराबरको मंहगा उपहारहरु दिएको अभियोजनकर्ताले जनाएका छन् ।

किम अपदस्थ गरिएको पूर्व राष्ट्रपति युन सुक येओलकी पत्नि हुन् । याकमाथि चर्चको व्यवसायीक चाहाना पुरा गर्नका लगि राजनीतिक र व्यवसायीक सम्बन्धी सहयोग गरेकीले त्यस्तो उपहार दिनका चर्चका अधिकारीहरुलाई निर्देशन दिएको आरोप छ ।

युनको राष्ट्रपति हुँदा राजनीतिक समर्थन प्राप्त गर्नका लागि संसदको एक सांसदलाई १० करोड वान घुस दिएको आरोप पनि लागेको छ । यसको अतिरिक्त यसको साथै उनीमाथि विदेशमा जुवा खेलको विषयमा भइरहेको प्रहरी अनुसन्धानलाई प्रभावित बनाउन प्रमाणन नष्ट र्ने आदेश दिएको विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

उनले आरोप अस्वीकार गर्दै सो काम चर्चका पूर्व कर्मचारीले आफुखुशी काम गरेको बताएकी छिन् । युनिफिकेसन चर्च भने अनुसन्धानमा पूर्ण रुपमा सहयोग गर्ने जनाएको छ र आफ्नो कारण उत्पन्न भएको सार्वजनिक चासोप्रति खेद व्यक्त गरेको छ ।

प्रमाणहरुको संभावित छेडखानीप्रति चासो व्यक्त गर्दै सोल सेन्ट्रल कोर्टले पक्राउ पुर्जी स्वीकृत दिएको छ । अनुसन्धानको समयसम्म उनी हिरासतमा रहेकी छिन् । यो मुद्दा पूर्व राष्ट्रपति युन प्रशासनका मानिसको युनिफिकेसन चर्चसँगको सम्बन्धमा सुरु भएको वृहत अनुसन्धानको एउटा पाटो हो ।

१९५४ मा मुनले यो चर्चाको स्थापना गरेका थिए । उनी आफूलाई जिससको मिसनलाई पुरा गर्न क्राइष्ट पछि आफूलाई पठाइएको दावी गर्दथे ।

नेपालमा पनि युनिफिकेसन चर्चको प्रभाव देखिन्छ । विघटित प्रतिनिधिसभामा एमालेबाट समानुपातिक सांसद बनेका परिवार दलका अध्यक्ष एकनाथ ढकाल मार्फत जोडिएको हो । परिवार दल सम्बन्ध बर्ल्ड पिस एन्ड युनिफिकेसनमा छ । नेपालमा एशिया प्रशान्त क्षेत्रको सम्मेलनमा हुँदा होली वाइन खुलाएपनि चर्च बिबादमा परेको थियो ।