काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
विपक्षी दलले बैठकको प्रारम्भमै आसनबाट उभिएर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्। सभामुख अर्यालले बैठक सुचारु गर्नका लागि पटकपटक आग्रह गर्दा पनि विपक्षी दलका सांसदले उभिएर विरोध जनाइरहेपछि बैठक स्थगित गरिएको हो।
प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा १९ जेठमा सांसदहरुको जवाफ दिने क्रममा सीमा सम्बन्धमा दिएको केही अभिव्यक्तिप्रति विपक्षी दलहरुले आपत्ति प्रकट गर्दै विरोध जनाउँदै आएका छन्।