८ आश्विन २०८२
अ+
अ-

काठमाडौं। गृह मन्त्रालयले काठमाडौं जिल्ला प्रशासन कार्यालयको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सह-सचिव ईश्वरराज पौडेललाई खटाएको छ।

काठमाडौं प्रशासनमा कार्यरत् प्रमुख जिल्ला अधिकारी सहसचिव छवि रिजालको सरुवा गर्दै मन्त्रालयले पौडेललाई खटाएको हो।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले काठमाडौं प्रशासनमा पौडेलको सरुवा गरिएको पुष्टि गरे। बुधबारको मन्त्रिस्तरीय निर्णयबाट पौडेललाई काठमाडौं प्रशासनको जिम्मेवारी दिइएको उनले बताए।

रिजाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। जेनजी आन्दोलनमा दमन गरेको आरोप लागेपछि रिजाल प्रशासनमा हाजिर भएका थिएनन्।

यसअघि मन्त्रालयले काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीको सरुवा गरी प्रहरी प्रधान कार्यालयबाट एसएसपी रमेश थापालाई खटाएको थियो।