काठमाडौँ
००:००:००
२८ असार २०८३, आईतवार

२७ असार २०८३
अ+
अ-

काठमाडौं। देशका केही स्थानका नदी तथा खोलामा आज बाढीको उच्च जोखिम छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको दक्षिणी भू-भाग नजिक रहेको छ। देशभर अधिकांश बादल लागेको छ। कोशी, बागमती,गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा मधेश, कर्णाली र सुदूरपश्चिमको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे भएर बग्ने नदी तथा खोलामा आज बाढीको उच्च जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ।

नुवाकोट, ताप्लेजुंग, संखुवासभा, तेह्रथुम, पाँचथर, खोटाङ, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी, कास्की, रसुवा, धादिङ भएर बग्ने नदी तथा खोलामा बाढीको मध्यम जोखिम छ।

बारा, पर्सा, रौतहट, कपिलबस्तु, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, प्युठान, जाजरकोट, जुम्ला, दार्चुला र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम छ।

“काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे र आसपासका जिल्ला भएर बग्ने केही ससाना नदीमा आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना छ,” विभागले भनेको छ।