काठमाडौँ
००:००:००
२९ असार २०८३, सोमबार

२९ असार २०८३
तस्बिरहरू : प्रदीप आचार्य/नेपाल फोटो लाइब्रेरी
अ+
अ-

रुपन्देही। बुटवलमा दर्ता भएका मात्र रिक्सा सञ्चालन हुनुपर्ने माग गर्दै रिक्सा व्यवसायीहरु आन्दोलित भएका छन्।

बुटवलमा एक हजार ४४० रिक्सा दर्ता भएका छन् । दर्ता भएका व्यवसायीको पनि कर नलिएको तथा बिनादर्ताका रिक्सा धेरै रहेको भन्दै उनीहरू आक्रोशित भएका छन्।

उनीहरूले बुटवलको योगीकुटीदेखि बुटवल उपमहानगरपालिका कार्यालय हाटबजारसम्म र्‍याली गर्दै कार्यालय पुगेर धर्नासमेत दिएका थिए।

व्यवसायीहरूले अवैध सवारी नियन्त्रण, कर प्रणाली पारदर्शी बनाउन तथा दर्ता भएका सवारीलाई प्राथमिकता दिन माग गरेका छन्। समस्या समाधान नभए थप कडा आन्दोलनमा उत्रिने उनीहरूले चेतावनीसमेत दिएका छन्।