काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सञ्चारगृहबाहिर पार्किङ गरिएका गाडीहरूको विषयमा छानबिन र कारबाही हुनुपर्ने पार्टीको स्पष्ट अडान रहेको बताएका छन्।
संसद् भवन सिंहदरबारमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले उक्त घटनाका विषयमा पार्टीले आफ्नो धारणा विज्ञप्तिमार्फत सार्वजनिक गरिसकेको भन्दै छानबिन र कारबाही हुनुपर्ने पार्टीको स्पष्ट अडान रहेको बताएका हुन्।
उनले उक्त घटनामा रास्वपाका नेता वा कार्यकर्ता जसको संलग्नता भए पनि कारबाही हुनुपर्ने बताए। सभापति लामिछानेले प्रधानमन्त्रीसँग राष्ट्रिय राजनीति, समसामयिक परिस्थिति, आगामी कार्यदिशाका विषयमा सकारात्मक र परिणाममुखी छलफल भएको जानकारी दिए।
त्यस्तै सुकुम्बासी समस्या समाधान गर्न चालिएको कदमलाई प्रभावकारी बनाउन पनि प्रधानमन्त्रीलाई सुझाव दिइएको लामिछानेले बताए।