काठमाडौँ
००:००:००
३१ असार २०८३, बुधबार

३१ असार २०८३
अ+
अ-

काठमाडौँ। साहित्यकार नगेन्द्रराज शर्माको ८९ वर्षको उमेरमा निधन भएको छ।

गौरीनगरस्थित आफ्नै निवासमा आज (बुधबार) बिहान उनको निधन भएको हो। ‘अभिव्यक्ति’ द्वैमासिकका संस्थापक सम्पादक एवं प्रकाशक शर्माका ‘महापुरुष’ र दिवास्वप्न’ उपन्यास तथा ‘पिपलको बोटमुनि’ र ‘एकान्तका आफन्तहरू’ कृति छन्।

लामो समयदेखि मधुमेह, उच्च रक्तचापलगायत स्वास्थ्य समस्याबाट पीडित शर्मा पछिल्लो समय कलेजोसम्बन्धी समस्या भोगिरहेका थिए।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ। शर्माका पत्नी र दुई छोरा छन्।