काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

९ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। अन्तरिम सरकारले विदेशबाट मतदान गर्ने व्यवस्थाको सम्भावनाबारे निर्वाचन आयोगको छलफल गरिररहेको जानकारी दिएको छ। आज राष्ट्रको नाममा सम्बोधन गर्दै अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई मतादनको अधिकार सुनिश्चित गर्नेबारे छलफल भइरहेको बताइन्।

“रोजगारीको सिलसिलामा देशबाहिर रहनुभएका नेपाली नागरिकलाई विदेशसमेत मतदान गर्नसक्ने सम्भावनाको बारेमा नेपाल सरकारले निर्वाचन आयोगसँग छलफल गरिरहेको छ,” उनले भनिन्।

साथै उनले गैरनेपाली नागरिकले उठाएका संविधानसम्मत माग र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको मर्यादित रोजगारी तथा तीनका हकहितको संरक्षण गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताइन्।