२ श्रावण २०८३
फाइल फोटो
अ+
अ-

चितवन। भारी वर्षाको पूर्वानुमानपछि जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार राति १० बजेदिखि नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा गाडी चलााउन रोक लगाएको छ।

अर्को सूचना जारी नहुँदासम्म काठमाडौं जाने आउने यी मुख्य सडकमा गाडी नचल्ने चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन्।

धादिङ्ग लगायतका छिमेकी जिल्लाहरु तथा यस जिल्लाका विभिन्न स्थानहरुमा समेत पानी पर्न थालेको र पानी पर्ने क्रम अझै बढ्ने पूर्वानुमान रहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले रातको समयमा सवारी आवागमन सुचारु राखिरहँदा हुनसक्ने जोखिम समेतलाई मध्यनजर गरेर राती १० बजेदेखि सवारी चालउन रोक लगाएको हो।

प्रशासन कार्यालयले आवागनमा नहुने असहजता प्रति क्षमा मार्ग्दै सुरक्षित स्थानमा सवारी राख्न र रहन अनुरोध गरेको छ।