काठमाडौँ
००:००:००
७ श्रावण २०८३, बिहीबार

७ श्रावण २०८३
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा छुटेका नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल सार्वजनिक कार्यक्रममा सहभागी भएका छन्।

अदालतबाट छुटेको एक सातापछि उनी पार्टीको कार्यक्रममा देखिएका हुन् ।

४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहीबार आयोजित प्रवचन कार्यक्रममा उनी सहभागी भए।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पौडेल ८ असारमा सुर्खेतमा पक्राउ परेका थिए। करिब २५ दिन हिरासतमा बसेपछि अदालतले १ साउनमा उनलाई साधारण तारेखमा रिहा गरेको थियो ।