काठमाडौँ
००:००:००
८ श्रावण २०८३, शुक्रबार

८ श्रावण २०८३
अ+
अ-

पोखरा। स्थानीयको पटकपटकको दबाबपछि अन्ततः पोखराको हरिचोक–याम्दी सडकखण्ड चार लेनमा विस्तार भएको छ।

चार वर्ष लगाएर स्तरोन्नति गरिएको यो सडक फराकिलो पारेर कालोपत्रे र लाइन मार्किङपछि अहिले निकै आकर्षक देखिएको छ।

२.२ किलोमिटर दूरीको यो सडक भूपी शेरचन राजमार्ग र मध्यपहाडी लोकमार्ग दुवैअन्तर्गत पर्छ। समयमै काम नसकिएपछि स्थानीयसहित पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ आउजाउ गर्नेले निकै सास्ती भोग्नुपरेको थियो। ०८१ साल असार १५ (राष्ट्रिय धान दिवस) मा स्थानीयले सडकमै धान रोपेर विरोध गरेका थिए।

मोतिदान कन्स्ट्रक्सन सेवा प्रा.लि.ले ०७९ साउन १४ मा ४८ करोड रुपैयाँमा यो सडकखण्ड स्तरोन्नतिको ठेक्का पाएको थियो। दुई वर्षमा सक्ने गरी सम्झौता भएकोमा तीनपटक म्याद थप भएपछि यो वर्ष काम सकिएको हो।

२०८१ साउनसम्म काम नसकिएपछि सोही वर्ष चैत मसान्तसम्म म्याद थप गरिएको थियो। ठेकेदारलाई पछिल्लोपटक ०८३ वैशाख मसान्तसम्मको समयावधि दिइएको थियो।

तस्बिर : अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी